अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बिहीवार काठमाण्डुमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका हुन् । ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु ।’, उनले भने…