काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । सिके रावत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । जनमत पार्टीबाट अनिता देवी मन्त्री बन्नेमा छिन् । तर,उनलाई दिने मन्त्रालय टुंगिसकेको छैन । माओवादीबाट सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किरातीलाई हटाउने तयारी छ…