सुर्खेत - नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ। केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागिता जनाउन लागेको हो । कांग्रेसको सिफारिसमा कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन,…