एकीकृत समाजवादीले झापा–कञ्चनपुर जागरण अभियान गर्ने

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । आगामी असोज १४ देखि २९ गतेसम्म अभियान सञ्चालन गरिनेछ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी जागरण अभियानमार्फत पूर्वपश्चिम यात्रा गर्न लागिएको जनाइएको छ । महासचिव घनश्याम भुसालले असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरू हुने अभियान असोज २९…