प्रतिनिधिसभाको बैठक आज बस्दै,संसद अवरोध हुन सक्ने

काठमाण्डु - संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ। त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको…