काठमाण्डु - नेकपा (एमाले) को कर्णाली प्रदेशको मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन्। १०० मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेका छन् भने, प्रदेश अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् । एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि…