प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण :राष्ट्रपति सीसँग असोज ६ गते हाङजाओमै भेटवार्ता गर्ने

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो औपचारिक चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने बताएका छन्। ‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ चिनियाँ समकक्षी लि…