काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सोमबार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमवार बसेको पार्टी पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले पुस १० गते भएको सहमति पालना नगरेपछि सरकारबाट बाहिरिने…