गृहमन्त्रीलाई गगन थापाकाे प्रश्न- काठमाडौंमा एक्लै हिँड्न नहुने अवस्था आएको हो ?

काठमाण्डु- सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथिको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो भन्दै प्रश्न गरेका हुन् । यादव भाग्यले बाँचेको…