विराटनगर – कोशी प्रदेशमा प्रदेशसभाको ठूलो दल नेकपा एमाले नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ । कोशी प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा कोशी प्रदेश संसदीय दलको नेता भक्ति सिटौलाले संविधानमाथि भएका हस्तक्षेपलाई सर्वोच्च अदालतले सच्च्याएको बताए । अदालतले गरेको परमादेशको सम्मान गरेको बताउँदै संसदीय दलका नेता सिटौलाले संविधानको…