धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको कार्यक्रममा अकस्मात मञ्च ढलेपछि अतिथिहरूको भागाभाग भएको छ । आज बुधबार मुख्यमन्त्री कमलबहादुर शाह डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रममा सहभागी रहेका बेला मञ्च ढलेको हो । मञ्चमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख…