काठमाण्डु - सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु भने उपस्थित भएका छैनन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति निर्णायक छ। तर उसले…