काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताकोतर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख…