काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु शुक्रबार पुनः बस्नेगरी बैठक सकिएकाे हाे । बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटबारे प्रारम्भिक छलफल भएको जनाइएकाे छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सामेल गराएर सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।…