रवि लामिछानेको मुद्दामा आजै फैसला आउन सक्ने,सर्वोच्चमा बढाइयो सुरक्षा

काठमाण्डु - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामाथिको बहस सकिएसंगै सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ। मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ। यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जनाएको छ। यस्तै सर्वोच्चमा…