काठमाण्डु- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको परिवारका सदस्यको नाम जोडिएर आएको भन्दै नेकपा एमालेका संसदले प्रश्न उठाएका छन्। मंगलवार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई एनसेल प्रकरणमा तपाईँकै परिवारको नाम जोडिएर आएको छ नी ? भन्दै प्रश्न गरेका हुन्।…