बुधबार सभापति देउवाले बोलाए पदधिकारी बैठक

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् । बैठकमा सभामुख निर्वाचनको उम्मेदवारीका बारेमा निर्णय गर्ने जनाइएको छ ।