प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नलिंदै मन्त्रिमण्डलभित्र विवाद

काठमाण्डु- नयाँ गठबनधनबाट प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नलिंदै मन्त्रीमण्डलको वरियताक्रममा विवाद सुरु भएको छ । वरीयताक्रममा को ठूलो भन्ने विषयले अनौपचारिक रुपमा गठबन्धनभित्र प्रवेश पाएको हो । नवगठित मन्त्रिमण्डलमा प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वरीयताको पहिलो नम्बरमा छन्। त्यस्तै दोस्रो वरीयताक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल रहदा उपप्रधान…