काठमाण्डु - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा भइरहेको अनुसन्धानमा सरकारले आफूलाई हिरो देखाउन स्टन्ट मात्र भएको दाबी गरेका छन् । शुक्रबार स्ववियू काउन्सिल नेपालको १० औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको कीर्तिपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको दाबी…