संसद विघटन ठिक थियो भनेपछि नयाँ विकल्प सोच्यौं : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको जानकारी दिएका छन् । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा…