आठ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको…