काठमाण्डु - निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । २५ फागुनमा राष्ट्रपति पदको र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदान गर्न जाँदा मतदाताले निर्वाचन आयोगबाट जारी…