बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता,मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ । बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन…