काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन् । आइतबार तनहुँको दमौली बजारमा आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे । “देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छाैँ, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” उनले…