भोलिदेखि राजनीतिक दलले चुनावकेन्द्रित जुलुस र आमसभा गर्न पाउने

काठमाण्डु - आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९…