काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । प्रचण्ड र ओलीबीच विश्वासको मत लिने, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्ने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेसहितका विषयमा छलफल भएको जनाइएको छ । न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ-आफ्नो सुझाव…