काठमाडौँ—कास्की–२ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएपछि अहिले त्यो क्षेत्र खाली छ । निर्वाचन आयोगको सिफारिसमा रिक्त रहेका तीनवटै तहको उपनिर्वाचन १४ मंसिरमा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। ५० स्थानमा उपनिर्वाचन भइरहेका बेला सर्वत्र चासोको विषय बनेको छ, कास्की– २। कास्की– २ मा सत्तासिन…