काठमाडौं - नेपाल कम्यु्निस्ट पार्टी (नेकपा)को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी एकताका बाँकी काम टुंग्याउनका लागि बैठक बस्न लागेको हो। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवासमा बैठक सुरु भएको छ । यसअघि बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि रोकिएको थियो। आजको बैठकले विभागको नेतृत्वका बारेमा टुंगो लगाउने छ ।…