नेपालीलाई विदेशी सेनामा भर्ती गर्नु गलत : भीम रावल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद भीम रावलले नेपालीलाई विदेशी सेनामा भर्ती गर्न रोक्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभामा बोल्दै सांसद रावलले नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गराएर नेपालको सार्वभौमिकतामा आँच पुर्याउने राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गराउनुपर्ने बताएका हुन् । नेपालको संविधानले निर्देशित गरेको तथा आफ्नै…