काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्रीलाई पदबाट हटाएपछि जसपाबाट मुख्यमन्त्री बनेका राउतले 'काउम्टर'स्वरुप कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेहरुमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव, महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री विरेन्द्र…