राष्ट्रिय पोशाकमा शपथ लिन आफ्ना सांसदलाई एमालेको निर्देशन

काठमाण्डु- नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथ ग्रहणमा राष्ट्रिय पोशाक लगाएर आउन निर्देशन दिएको छ । बिहीबार दिउँसो १ बजे हुने शपथ ग्रहणमा नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई राष्ट्रिय पोशाकमा आउन निर्देशन दिएको हो । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए ।…