काठमाण्डु – नेकपा एमाले रुपन्देहीबाट ३२ जनाले संयुक्त राजीनामा दिएका छन् । घनश्याम भुसाल निकट ३२ नेताले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै एमाले छोडेको जानकारी गराएका हुन् । एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् । उनीहरुले इमान्दार नेतालाई पाखा लगाएको भन्दै एमाले छाडेका…