काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन् । दाहाल यसअघि वाम गठबन्धनको तर्फबाट चितवन–३ बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको पदाधिकारी बैठकमा दाहालले आफु गोरखाबाट निर्वाचन लड्ने बताएको स्रोतले जानकारी दियो । यसअघि चितवन नछोड्ने अभिव्यक्ति दिएका दाहालले अन्ततः चितवनबाट आफुलाई असुरक्षित महसुस गरेपछि गोरखाबाट चुनाव लड्ने भएका…