आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन : शेखर कोइराला

काठमाण्डु  - नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास हुने बताएका छन् । व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले सरकारको उक्त कदमले कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु रहेको…