महोत्तरी - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिएका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का लक्ष्मी महतोेले पाँच हजार दुई सय ९३…