शीतलनिवासमा शीर्ष वार्ता : राष्ट्रपतिसँग वर्तमानसहित ३ पूर्वप्रधानमन्त्रीको भेट

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा राष्ट्रपति कार्यालय शीतलनिवासमा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसहित ३ पूर्वप्रधानमन्त्रीको भेटवार्ता भएको छ । विघटित प्रतिनिधि सभाका प्रमुख ३ शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको शीर्ष नेतृत्व शीतलनिवास पुगेर वर्तमान प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलसँग भेट गरेको हो । छलफलमा पूर्वप्रधानमन्त्री त्रय एमाले अध्यक्ष केपी शर्मा…