जनार्दन शर्मा प्रकरण : प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट मंगलबार खाेलिने

काठमाण्डु - पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिसिटिभी फुटेजकाे रिपाेर्ट मंगलबार बिहान ८ बजे खाेल्ने भएकाे छ। प्रहरीको फरेन्सिक ल्यावले सिसिटिभी फुटेजको रिपोर्ट आज समितिलाई बुझाएसँगै भाेलि बिहान रिपाेर्ट खाेलिने भएकाे हाे। करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले…