धनुषा–१ मा नेकपा उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

काठमाण्डु – सर्वाेच्च अदालतमा विवाद विचाराधीन रहेकै बेला धनुषा निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । उम्मेदवार यादवले आफूलाई निर्वाचित भएको प्रमाणपत्र प्राप्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा…