काठमाण्डु - नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा पार्टी एकता लगायत विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा…