काठमाण्डु - नेपाली कांग्रेसको पार्टीपंक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि अवस्थामा नेकपा एमालेसँग मिल्न जाँदैनन् भन्नेमा ढुक्क थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच हुने गरेका तिक्ततापूर्ण अभिव्यक्ति र कटुतापूर्ण सम्बन्धको धरातलका आधारमा कांग्रेस नेताहरूले विश्लेषण गरेका थिए । प्रचण्डले दायाँबायाँ गर्ने कुनै विकल्प नदेखेपछि कांग्रेस सभापति देउवाले…