काठमाण्डु – सोमबार विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका रवीन्द्र मिश्रले उक्त पार्टीको प्रमुख पद स्थानीय तहको निर्वाचन सकिएलगत्तै त्यागेका थिए । पार्टीले स्थानीय निर्वाचनमा सोचेजस्तो जित हासिल गर्न नसकेपछि विवेकशील साझाको अध्यक्ष पद त्यागेर उनले आफूले नैतिकताको उदाहरण दिएको सन्देश दिन खोजे । तर, वास्तवमा उनी विवेकशील छाडेर अर्को पार्टी प्रवेशको तयारीमा थिए…