काठमाण्डु - राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकाल समाप्त भएको आशयको पत्र संघीय संसदका महासचिवलाई पठाएका छन् । आइतबार अध्यक्ष तिमिल्सिनाले महासचिव भरतराज गौतमलाई उक्त पत्र दिएका हुन् । अध्यक्ष तिमिल्सिनाले सभामुख र उपसभामुखको कार्यकालबारे प्रस्ट पार्न निर्वाचन आयोगलाई पत्र पठाएका थिए । आगामी मंसिर ४ गते हुने चुनावका लागि…