काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ । दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि वैकल्पिक राजनीतिको बहस फेरि चर्चामा आएको हो । देशको सङ्घीय राजधानी काठमाण्डुमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक छन् । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल…