कांग्रेसमा अनुशासनको कारवाही चलेपछि शेखर समूह असन्तुष्ट

काठमाण्डु - २०७९ को स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई पराजित गर्न भूमिका निर्वाह गरेको आरोपमा नेपाली कांग्रेसले विभिन्न नेता–कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले कारबाही निर्णय गरी बुधबार सार्वजनिक गरेको हो । निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध खुलेर असहयोग गर्ने, सामाजिक सञ्जाल तथा अडियो–भिडियोमार्फत गलत…