निर्वाचन आयोगले भन्यो – मतदानस्थल यकिन गर्नू, २६ गतेभित्र नाम सार्न सकिने

काठमाण्डु – निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै आममतदाताको सहजता र सुविधाका लागि विभिन्न मतदानस्थलहरू पुनरावलोकन गरेको जनाउँदै मतदानस्थल यकिन गर्न सूचना निकालेको छ । आयोगले पुनरावलोकनपश्चात् यदि कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा नामावलीमा समावेश हुन छुट भएको भए दाबी विरोध कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।…