काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्नहरू प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ । यस्ता चिह्नहरूको प्रयोगले सुरक्षा जोखिम बढेको र शान्ति सुरक्षामा प्रतिकूल असर परेको गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो । आयोगका सहसचिव एवं…