देउवा-प्रचण्डलाई अमेरिकाको पत्र : फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदन गर्नुस्

काठमाण्डु- अमेरिकाले एमसीसी परियोजना आउँदो फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई पत्र पठाएको छ । एमसीसी मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको दल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाएर सम्झौता अनुमोदन गर्ने अन्तिम समयसीमा दिएको हो । यसअघि असोज १३ मा देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा…