एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

काठमाण्डु – नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि लोसपाकी उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले कास्कीबाट निर्वाचित सांसद भट्टराइलाई उम्मेदवार उठाएको हो । भट्टराईले  नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम  उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा…