काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौजना नेताहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । दुई दिनदेखि वीरगञ्जमा बसेको कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकले काठमाण्डुमा भट्टराईले बोलाएको बैठकमा सहभागी भएका ९ नेतालाई पदमुक्त गर्ने निर्णय गरेको हो । बैठकले कार्यकारिणी सदस्यहरु डा. भट्टराई, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रमेश यादव,…