काठमाण्डु - नेकपा माओवादी केन्द्रले पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको…